• राजनैतिक र सैधान्तिक रुपमा फर्किएर हेर्दा क्यानडाको लिबरल पार्टी।
  • राजनैतिक र सैधान्तिक रुपमा क्यानडाको लिबरल पार्टी।

     

    लिबरल पार्टी अफ क्यानडा

    (क्यानडाको लिबरल पार्टी)

    नेता जस्टिन ट्रुडो
    अध्यक्ष सुजेन कावन
    स्थापित १८६१  (१५९ – बर्ष पहिले) ।
    मुख्यालय : तला ९२० , ३५०-एल्बर्ट स्ट्रीट, ओटावा, ओन्टारियो

    के१पी  ६एम८ , क्यानडा

    युवा संगठन युवा लिबरल
    विचारधारा: आफ्नो नाम जस्तै लिबरल क्यानडाको पार्टी उदार विचारधारा बोकेको सिद्धान्त अवलम्बन गरेको छ।

    उदारवाद अन्तर्गत  सामाजिक उदारवाद (Social liberalism) मा गहिरो जोड दिने यो पार्टको लागि मुलत १) व्यक्तिगत जिम्बेबारी सहितको स्वतन्त्रता वा मानव कर्यब्य सहितको अधिकार २) न्यायपूर्ण सामाजिक अर्थ व्यवस्था ३) राजनैतिक र धार्मिक स्वतन्त्रता ४) राष्ट्रिय एकता ५) उपलब्ध सामाजिक अवसर, सम्भावना र संसाधनमा सबैको बराबरीको हकको स्थापना ६) सांस्कृतिक बहुलतावाद ७) बहुभाषी समाजको स्थापनामा पूर्ण समर्थन गरिने आदि नीतिहरू अत्यन्त प्रशंसनीय छन्।

    राजनैतिक स्थिति: आजको दिनमा दुवै दक्षिणपन्थी र वामपन्थी विचारधाराका सकारात्मक पक्षलाई आफ्नो नीतिमा समावेश गरी आफूलाई यो युगकै सबैभन्दा उदारवादी दलको रूपमा संसारमा स्थापित गर्न सफल विचारधारा हो लिबरल विचार धारा।

     

    आफ्नो केन्द्रीय सामाजिक उदारवाद अन्तर्गत सन् १९९३ देखि २००६ सम्म लिबरल पार्टीले सबै वर्ग र तप्काका क्यानेडियनहरूले समान अवसर उपभोग गर्न सफल हुन् भन्ने अवधारणा अन्तर्गत सदैव सन्तुलित बजेट पेस गर्ने गर्‍यो र सन्तुलित बजेटको लागि क्यानडाको हरेक तहका सरकार लाई ध्यान  दिनु पर्ने नैतिक र सामाजिक दबाब दिन सम्भव बन्यो।

     

    सन् १९९५ पश्चताको परिवर्तित समय सन्दर्भमा सामाजिक उदारवाद सहितको सन्तुलित बजेटले राष्ट्रले धान्ने नसक्ने बोझमा परिणत हुने स्थिति पैदा गरिदिए पछि राज्य कोष मा धेरै बोझ दिने आर्थिक राहत वा सब्सिडी जता आर्थिक नीतिहरू प्रान्तीय सरकार मार्फत लागु गर्ने अग्रगामी र विकेन्द्रित नीति लियो।

     

    तसर्थ १९९५ पछि आफ्नो रातो किताबमा उत्पादन तथा सेवा कर बदल्ने निर्णय लियो।

    फलतः क्यानडाले निकै ठुला ठुला विश्व आर्थिक सङ्कटको समयमा समेत क्यानेडियन अर्थतन्त्र लाई धारा शाही हुन वाट जोगाउन सक्यो। त्यो बाहेक  समलैंगिक विवाह को मान्यता दिने र गाजा तथा भाँग जन्य पदार्थ चिकित्सकीय र उत्पादन मुलुक प्रयोगमा उपयोग गर्न दिने नीतिले यो पार्टी क्यानडा को हितको लागि सही समयमा सही निर्णय गर्ने दूरदर्शिता, आट र क्यानेडियन नागरिक प्रति  ईमान्दारिता भएको पार्टीको रूपमा आफ्नो छुटै प्रभाव जमाउन सफल बनेको छ ।

    अंतर्राष्ट्रीय संबद्धता अंतरराष्ट्रीय लिबरल
    आधिकारिक रंग गाढा रातो।
    आधिकारिक वेबसाइट: www.liberal.ca